Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कल्याणपुर नगरप्रमुखका छोरा ५ लाख घुससहित पक्राउ

काठमाडौं । सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलका छोरा घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले नगर प्रमुख मण्डलका छोरा सन्त मण्डललाई ५ लाख घुस रकमसहित बुधबार पक्राउ गरेको छ ।

सन्त र जीतेन्द्र महतोलाई लहान नगरपालिका वडा नं. २२ राजदेवी चोक नजिकबाट पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।

कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले डिपिआरको भुक्तानी गर्नको लागि सेवाग्राहीसँग ५ लाख घुस मागेको र सो रकम लिन छोरा र एक जनालाई पठाएकोमा दुवै जनालाई रंगेहात नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077