Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

मौद्रिक नीतिमा समेट्न कांग्रेसका ५ सुझाव

काठमाडौं । नेपाली कांग्रेसको अर्थतन्त्र केन्द्रीत विशेष समितिले मौद्रिक नीतिमा समेट्न पाँच वटा सुझाव दिएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक रहेका बेला समितिका संयोजक डा. रामशरण महतले मौद्रिक नीतिमा आर्थिक पुनःरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनीमय दर एवम् बाह्य भुक्तानी सन्तुलन र नियमन तथा सुपररिवेक्षण क्षमतामा जोड दिन सुझाव दिए ।

बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पूर्व अर्थमन्त्री समेत रहेका महतले यस वर्ष प्रत्यक्ष र परोक्ष रुपमा मौद्रिक र वित्तीय नीति दुबैको लक्ष्य महामारीले थोपरेको स्वास्थ्य, आर्थिक र मानवीय सङ्कटबाट नेपाली समाजलाई पार लगाउन सहयोगी हुने बताए ।

आर्थिक पुनःरुत्थानका लागि कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि पूर्नतालिकीकरण र ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउनुपर्ने उनको भनाइ छ ।

यस्तै कोभिड १९ को असरबाट अत्यधिक प्रभावित पर्यटन, यातायात, निर्माण, निर्यातजन्य उद्योग, लघु तथा साना उद्यम, व्यवसाय, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरुलाई आर्थिक राहत दिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077