Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • महामारीका बेला पनि सेवा सुविधा नपाएकाे वीरका कर्मचारीहरुकाे गुनासाे

    महामारीका बेला पनि सेवा सुविधा नपाएकाे वीरका कर्मचारीहरुकाे गुनासाे

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । मुलुककै सबैभन्दा पुरानो वीर अस्पताल यतिबेला लाथालिंग जस्तै बनेको छ । कहिले खरिद प्रकृया त कहिले अनियमित कर्मचारी भती, भुक्तानी र भ्रष्टाचारका कारण वीर अस्पताल विवादित बन्दै आएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला आफ्नो ज्यानको प्रवाह नगरी काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई दिईदै आएको सेवा र सुविधा नदिएको भन्दै वीर अस्पतालभित्र पुनः आन्दोलनको तयारी भएको वीर अस्पताल ्र कर्मचारी यूनियनका एक नेताले बताए ।



    २०४६ सालदेखि नियम अनुसार पाउँदै आएको औषधि खरिद खर्च गत चैत महिनामै पाउनु पर्नेमा हालसम्म पनि नपाएको र वर्षाैं देखिको प्रविधिक ग्रेड समेत पाउन नसकेकोे भन्दै वीरका कर्मचारीहरुले आन्दोलनको तयारी गरेको ति कर्मचारीले बताए ।



    यस विषयमा कर्मचारीहरूले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारी लाई लिखित र मौखिक जनकारी गराए पनि सुनुवाई नभएको उनीहरुको भनाई छ ।

    न्याम्सका पदाधिकारीहरुका कारण यस्तो महामारीका बेला पनि आफूहरुले पाउनु पर्ने सेवा सुविधा नपाएको भन्दै वीरका कर्मचारीहरु बाध्य भएर आन्दोलनको तयारीमा जुट्नु परेको बताउँछन् ।

    वीर अस्पतालका कर्मचारीहरुले कोरनाको माहामारीका बेला समेत तलवभत्ता, औषधि खरिद खर्चे नपाएको गुनासो गरेका छन् ।

    अस्पतालमा भएको फाइवर स्कान, डिएल सियो, सिआम, आईसीयु, युरो फोले मिटर पूर्ण रुपमा सञ्चालन नगर्ने अनि अस्पताको कमाई भएन भन्दै सेवा सुविधा रोक्ने काम भइरहेको कर्मचारीहरुको भनाई छ ।

    त्यसो त अस्पताल प्रशासनले अनावश्यक सामान खरिद गरि ब्यापारीलाई भुक्तानि गरी कमिसन लिएको पनि एक कर्मचारी बताउँछन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईसीयु सञ्चालनका लागि दिएको १० करोड काम गर्ने नसकेर फिर्ता भएको छ । वीरका कर्मचारी यूनियनले यस बिषयमा स्वास्थ्यमन्त्रीसँग भेटधाट नै गरी जानकारी गराइसकेका छन् ।

    त्यसो त जाइकाले बनाई दिएको भवन पूर्ण रूपमा सञ्चलनमा ल्याउन नसक्दा महामारीका बेला वीर अस्पतालले कोरनाको उपचार गर्ने सकेको छैन । यतिमात्र होइन कमीसन खान पल्केका प्रशासनका कर्मचारीहरुले आफू निकटकाहरुलाई मात्र कोरोना भत्ता उपलब्ध गराउन गोप्य पत्रचार गरेको पनि खुलेको छ ।

    त्यसैगरी न्याम्सका पदाधिकारीहरुकै मिलेमतोमा अस्पतालमा भएको बस थन्क्याए दैनिक ८ हजार ५०० सय तिर्ने गरी आफु निकटसँग भाडामा बस लिई सञ्चालन गरिरहेकाे पनि यूनियनका ति कर्मचारी दावी गर्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार