Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वीरभित्र फेरि भाँडभैलो, विवादित व्यक्तिलाई खरिद इकाइमा लगिएको भन्दै विरोध

    वीरभित्र फेरि भाँडभैलो, विवादित व्यक्तिलाई खरिद इकाइमा लगिएको भन्दै विरोध

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 633
    SHARES

    काठमाडौं । देशकै पहिलो र ठूलो वीर अस्पतालमा एक सता अघि गठन भएको खरिद इकाईमा विवादित व्यक्तिलाई राखिएको भन्दै विरोध भएको छ । वीर अस्पतालका कर्मचारीहरुले नै खरिद इकाइमा विवादित र अनियमिततामा संलग्न रहेको व्यक्तिलाई सदस्य बनाइएको भन्दै विरोध गरेका हुन् ।

    गत शुक्रबार वीर अस्पतालबाट फाइल उठेर गठन भएको खरिद एकाईको सदस्यमा नियुक्त भएका नवराज श्रेष्ठ वीर अस्पतलभित्रको अनियमिततामा संलग्न रहेको कर्मचारीहरुको आरोप छ ।



    श्रेष्ठमाथि ग्यास्ट्रो मेडिसिन ओपीडीमा रहँदा इन्डोस्कोपी तथा क्लोनस्कोपी गराउने विरामीसँग लिइएको रकम रकम अस्पतालको खातामा जम्मा नगरी लाखौ अनियमितता गरेको तथा कतिपय विरामीहरुलाई वीर अस्पतालमा समय मिल्दैन भनी नीजि अस्पतालहरुमा रिफर गरेको आरोप लाग्दै आएको छ ।



    यस समन्धमा तत्कालीन मेडिकल विभाग प्रमुख डा विधान पौडेल र डा अजित खनालले श्रेष्ठलाई कारवाहि गर्न अस्पताल प्रशासनसँग आग्रह गरेको समेत कर्मचारीहरुको भनाई छ । तर, निजी अस्पताल सञ्चालकहरुको दबाबमा वीर अस्पताल प्रशासनले श्रेष्ठमाथि कारबाही गर्न भने सकेको थिएन ।

    त्यसो त अस्पतालको समन्वय शाखा प्रमुख हुँदा पनि श्रेष्ठमाथि निजी नर्सिङ कलेजका विधार्थीलाई वीर अस्पतालमा प्रयोगात्मक अभ्यास गराउन विभित्र नर्सिङ कलेजलाई मापदण्ड विपरीत बर्षैसम्म सहमति दिलाएको आरोप लागेको थियो । प्रयोगात्मक अभ्यास गराउन सहमति दिंदा सो वापत लिइएको शुल्क हिनामिना गरेको आरोप पनि श्रेष्ठमाथि लाग्दै आएको छ ।

    श्रेष्ठले कोभिड महामारीका बेला मापदण्ड विपरीत विदेशी नागरीहरुसँग रकम असुलेर भ्याक्सिन लगाइदिएको भन्दै त्यतिबेलै विरोध भएको थियो । नेपालीहरुले कोभिडविरुद्धको भ्याक्सिन नपाएका बेला श्रेष्ठले भने विदेशी ९अधिकांश भारतीय० नागरिकहरुसँग ४० हजारसम्म असुलेर भ्याक्सिन लगाइदिएको भन्दै विभिन्न सञ्चारमाध्यमहरुमा समाचार नै आएका थिए ।

    कोरोना खोप अनियमितता गरेको भन्दै वीर अस्पतालका कर्मचारीहरुले श्रेष्ठका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति सुद्दिकरण विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी समेत हालेका थिए । यस विषयमा अख्तियार र सतर्कता केन्द्रले छानविन गरिरहेका बेला श्रेष्ठलाई खरिद इकाइको सदस्य बनाएपछि वीर अस्पताल भित्र फेरि भाँडभैलो शुरु भएको छ ।

    बीमा शाखाबाट हटाइएका उनी बीमा सम्बन्धि कार्यक्रमका लागि कोरिया गएको विषय पनि विवादित नै छ । ठूला सप्लायर्स कम्नीहरुसँग राम्रो सम्बन्ध भएकै कारण श्रेष्ठ खरिद इकाइको वरिष्ठ सदस्य बन्न सफल भएको स्रोतको दावी छ । कर्मचारीहरले वीर अस्पताल मेडिकल माफियाको कब्जामा जाने खतरा पैदा भएको भन्दै विरोध गरिरहेपनि न्याम्स पदाधिकारी, खरिद प्रमुख, लेखा प्रमुखहरुले यस विषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।

    स्वास्थ्य श्रेत्रमा सुधार गरेर देखाउने वाचा गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत यस विषयमा जानकार भएपनि उनले श्रेष्ठमाथि कुनै ‘एक्सन’ लिन नसकेको वीरका कर्मचारीहरु बताउँछन् । श्रेष्ठ खरिद इकाइमा गएपछि मेडिकल माफियाहरु भने श्रेष्ठलाई हातमा लिएर वीरको खरिदमा पक्कड जमाउन तल्लिन भएर लागि परेका छन् । अस्पतालको चालु आर्थिक वर्षका लागि खरिद गर्ने मेडिकल, सर्जिकल, प्याथोलोजि तथा जनरल स्टोरका सामानहरुमा सेटिङ सुरु भइसकेको समेत स्रोत दावी गर्छ ।

    त्यसैगरी अस्पताल फार्मेसीको ठेक्का र अस्पतालले किन्न लागेको एमआरआई, ऐनेस्थेसिया मेसिन, गामा क्यामेरालगायत सामानहरुको टेण्डरका विषयमा पनि ठूला सप्लायर्सहरुले अहिलेदेखि नै चासो देखाउन थालेको अस्पताल स्रोत बताउँछ ।

    केही समय अघि वीर अस्पतालले कर्मचारीहरुलाई तलब खुवाउन नसकेको भन्दै विशेषज्ञ, एमबिबिएससहितका दुई सय ७६ जना स्वास्थ्यकर्मी निकालेको थियो । मन्त्री बस्नेतले तलब खुवाउन रकम नभएको भन्दै कोभिडका वेला राखिएका कर्मचारी हटाइएको बताउँदै आएका छन् । कर्मचारीहरु कटौती गरेका मन्त्री बस्नेतले अस्पतालभित्र हुने गरको अरबौं घोटला र अनियमिततामा भने आँखा चिम्लिदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार