Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

मौद्रिक नीति सार्वजनिक, घरजग्गामा ६० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार यस वर्ष ७ प्रतिशत मूल्यवृद्धि राख्ने तय गरिएको छ ।

१५ औं पञ्चवर्षीय योजना, नेपाल सरकारको बजेटको आधारमा रहेर मौद्रिक नीति तय गरिएको राष्ट्र बैंकका गभर्नरन महाप्रसाद अधिकारीले बताए । राष्ट्र बैंकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

बैंकले यसअघि काठामाडौं उपत्यका ५० र उपत्यका बाहिर ६० प्रतिशत कर्जा पाउने सक्ने व्यवस्था गरेको हो ।राष्ट्र बैंकले सीसीडी रेसियोको अनुपात बढाएर ८५ प्रतिशत पुर्याएको छ ।

अब बैंक तथा वित्तीय संस्थाले १ सय रुपैयाँ निक्षेप लिएर ८५ रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । यस अघि यस्तो व्यवस्था ८० प्रतिशतसम्म मात्र थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077