Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अख्तियारमा तीन दशकयताकै सबैभन्दा बढी मुद्दा दायर, २५ हजार उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ हजार ५८६ वटा उजुरी फर्च्छ्यौट भएको जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा २४ हजार ८९० उजुरी दर्ता भएको मध्ये १६ हजार ५८६ वटा उजुरी फर्च्छ्यौट भएको र एक हजार ११४ को विस्तृत अनुसन्धान गरिएको आयोगले जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा विशेष अदालतमा ४४१ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । अघिल्लो आर्थिक वर्षमा आयोगले ३५१ मुद्दा दायर गरेको थियो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला विगत तीन दशकमा यसपटक सबैभन्दा बढी मुद्दा दायर भएको जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अख्तियारले २५ प्रतिशत बढी मुद्दा दायर गरेको हो ।

घुस रिसवत २०६, नक्कली प्रमाणपत्र ८५, सार्वजनिक सम्पत्तिको नोक्सानी ७४, गैरकानूनी लाभ हानी ३६, गैरकानूनी सम्पत्ति आर्जन १८, राजस्व हिनामिना १२ र १० वटा विविध विषयका मुद्दा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077