Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

५० अर्बको कोषबाट कोरोना अतिप्रभावित क्षेत्रलाई सहुलियत दिईने

काठमाडौं । सरकारले कोरोनाबाट अति प्रभावित पेशा व्यवसाय सञ्चालनका लागि ५० अर्बको कोष कार्यान्वयनमा ल्याउने भएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था भएअनुसार निश्चित मापदण्ड बनाएर ५० अर्बको कोष परिचालन गरिने मौद्रिक नीति मार्फत राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार यो कोषको रकम पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसायको संचालन र निरन्तरतामा उपयोग गरिने भएको छ ।

ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशिलताको अवसर दिन यो रकम उपयोग हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077