Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दक्षिण कोरियाको ठहर–कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता

    दक्षिण कोरियाको ठहर–कोरोनाका कारण उच्च आर्थिक अनिश्चितता

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 4.8K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । कोरोना भाइरसका कारण विश्वभरी नै अझै केही समय उच्च आर्थिक अनिश्चितताको अवस्था रहने दक्षिण कोरियाले ठहर गरेको छ ।

    दक्षिण कोरियाको अर्थ मन्त्रालयले तयार पारेको वार्षिक आर्थिक सर्वेक्षण प्रतिवेदनमा आगामी केही समय आर्थिक अनिश्चिततामा वित्ने उल्लेख गरिएको छ ।



    “ग्रिन बुक” भन्ने गरिएको प्रतिवेदनमा उत्पादन, वितरण र उपभोगमा प्रत्यक्ष असर परिरहने अनुमान गरिएको छ । विश्वभरी नै आम नागरिकको आर्थिक अवस्था खस्कीएकाले माग पनि कम हुने र उत्पादन तथा ढुवानीमा पनि कमी आउने अध्ययनकर्ताको विश्लेषण छ ।



    धेरै नागरिकले रोजगारी गुमाएकाले उनीहरुको दैनिकीमा प्रत्यक्ष असर पर्ने र त्यसले समग्र आर्थिक क्षेत्रलाई नै प्रभावित पार्ने मन्त्रालयले जनाएको छ । सिन्ह्वा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार