Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आज ११ वटा अन्तर्राष्ट्रिय उडान

काठमाडाैं । आज (शनिबार) ११ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय भएका छन्। काेराेना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन ११ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय भएका छन्।

नेपाली स्वदेश ल्याउनका लागि विभिन्न एयरलाइन्सका ११ वटा चार्टर्ड उडान तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

नेपाल एयरलाइन्सका ५, हिमालय एयरलाइन्सका ३, एयर अरेबियाकाे १, कतार एयरवेजकाे १ र टर्किस एयरलाइन्सकाे १ उडान हुने छ।

नेपाल एयरलाइन्सले रियाद, बहराइन, दाेहाबाट नेपाली ल्याउने छ भने दाेहा र दुबईका लागि प्रस्थान गर्ने छ। यस्तै हिमालय एयरलाइन्सले दाेहा, बहराइनबाट नेपाली ल्याउने छ भने अबुधाबी प्रस्थान गर्ने छ। अन्य तीन विमानकाे नेपाली ल्याएर फर्कने तालिका रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077