Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धनगढीमा 'ग्याङ फाइट': एककाे अवस्था गम्भीर, दुई जना पक्राउ

कैलाली । कैलालीमा दुई समूहबिच झगडा हुँदा दुई जना घाइते भएका छन्। धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँस्थित राजपुरमा भएको ‘ग्याङ’ फाइटमा खुकुरी प्रहार हुँदा दुई जना घाइते भएका प्रहरीले जनाएको छ।

उक्त झगडामा परी धनगढी–१३ कै २३ वर्षका निरज भट्ट र वडा नम्बर ६ बस्ने २२ वर्षका गणेश धामी घाइते भएका छन्। उनीहरूको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर भएका कारण थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ। खुकुरी प्रहार गर्ने समूहका वडा नम्बर ३ का सन्नी नेपाली र २ का दीपेन्द्र भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरू यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ। यस अघिको झगडाको रिस साँध्न खुकुरी प्रहार गर्ने समूहका ८–१० राजपुर पुगेका थिए। तर प्रहरी २ जनालाई मात्रै पक्राउ गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077