Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भाई कोरोनामुक्त भएसँगै प्रकाश सपुतले भने – लभ यु ब्रो

काठमाडौं । नेपाली लोकगीतका चर्चित गायक एवं सर्जक प्रकाश सपुतका माईला भाई कोरोना मुक्त भएका छन् । प्रकाश सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना माइला भाई रमेश वि।क।लाई कोरोना भएको र कोरोना मुक्त भएको दुवै एकैपटक जानकारी गराएका छन् ।

भारतमा काम गर्दै आएका उनका भाई भारतबाट आएर सिधै क्वारेन्टिनमा बसेको अवस्थामा नै कोरोना पुष्टी भएको सपुतले फेसबुकमार्फत जनाएका छन् । उनले अहिलेको भाई रमेश कोरोनामुक्त भइसकेकोले आफू र आफ्नो परिवारले विगत १ महिनामा भोगेको मानसिक पीडाको वर्णन गरेका छन् ।

कोरोना लागेको भनेर सार्वजनिक हुन हिच्किचाउने यस समाजमा प्रकाशले प्रेरणाका लागि भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको भावना जस्ताको तस्तैः

करिब ५ हप्ता पछि कोरोना जितेर मेरो २७ वर्षीय माईलो भाई रमेश हिजो घर फर्किएको छ । गत जेठ अन्तिममा भारत बाट नेपाल आएर सिधै क्वारेन्टाईनमा बसिरहेको थियो २ हप्ता पछि टेस्ट गर्दा कोरोना पोजेटिभ देखियो र आईशुलेशनमा राखियो १ आईशुलेशनमा राखेको १ हप्ता पछि दोस्रो टेस्ट गर्दा पनि पोजेटिभ देखिए पछि थप २ हप्ता पुनस् आईशुलेशनमा बसेर तेस्रो पटकको जाचमा कोरोना नेगेटिभ देखिए पछि घर फर्किएको हो ।

यो बिचमा म र हाम्रो परिवार कुन मानसिकतामा गुज्रियौ होला रु अझै हाम्रो बाबा , आमा र बुहारी सिर्जनाको हृदय कति पोल्यो होला त्यसको मापन गर्न सकिदैन । संसार भरि फैलिएको कोरोना क़हर मेरो जिवन र हाम्रो परिवार मा निकै गहिरो गरि पस्यो ।शारिरिक, मानसिक र व्यवसायिक रुपमा पनि भित्रै सम्म ।

तर, यसलाई भाईले शारिरिक रुपमा र हामीले मानसिक र व्यवहारिक रुपमा पनि जित्ने प्रयास गरिरहयौ । मैले अरु भाईहरसंग मिलेर यो समयलाई ज़बरजस्ती रचनात्मक बनाउने प्रयास गरे, परिवारलाई सकरात्मक बन्न प्रेरित गर्यौ, संक्रमित भाईलाई आत्मबल बलियों बनाउन हौसायौ अन्तत अहिले सबै ठिकठाक भयो ।

कोरोना रोग र यसले उत्पन्न गरेका सबै समस्याहरुलाई पराजित गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण भाई रमेश, म र मेरो परिवार हुन सक्छौ । सजिलो छैन तर सम्भव रैछ । त्यसैले सकरात्मक बनौ । शारिरिक र मानसिक रुपमा बलियो बनौ । माया बाँ डौ !

भाई भारत बाट फर्किन सहयोग गर्ने गाउले दाईहरु बालकृष्ण निउरे, युवा नेता कुल बहादुर बिक, सिमानामा सहज बाताबण बनाईदिने बुटवलका युवा व्यवसायि पदम केशी, असई सुवास थापा लगायत सिमानामा तैनाथ सुरक्षाकर्मिहरु, क्वारेन्टाईन व्यवस्थापन गर्ने काठेखोला गाउपालीका, नियमित स्वास्थ्य जाँच र आईशुलेशनको व्यवस्थापन गर्ने धौलागीरी अञ्जल अस्पताल, बागलुङ नगरपालीका, नेपाल सरकार, गण्डकि प्रदेश सरकार लगायत सबै सबैलाई धन्यबाद र कृतज्ञ ।

व्यक्तिगत रुपमा भाईको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी गराउदै चिन्ता नगर्न प्रेरित गर्ने काठेखोला गाउपालीकाका प्रमुख प्रशासकीय अधिकृत गाउकै एक प्रेरक दाई खिम विश्वकर्मा, हामीलाई काठमाण्डौ फर्किन सहजिकरण गर्ने दिल शिरिष दाई, केशव लामिछाने सर, सज्जन सिङ दाई , काठमाण्डौ फर्के पछि मेरो यो अत्यन्त शुन्य र निरस समयमा साथी भएर साथ दिने कान्छो भाई सुनिल र विराज थापा दाई प्रति हृदय देखि धन्यबाद ।

आज देखि मानसिक रुपमा अल्ली सामान्य भएको छु । अब केहि गर्नुपर्छ । अरु केहि नगरे पनि हामी सबै मिलेर यो परिस्थितिलाई सकरात्मक र उर्जाशिल बनाउनु पर्छ है ।

अनि भाई रमेश १ मिस यु यार । तिमीसंग बेस्सरी अंगालो मार्ने मन छ । छिट्टै भेटेर बच्चामा दुईभाई झगड़ा गरेको सम्झेर हास्नु पर्छ है । लभ यु ब्रो !

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077