Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना, सात जनाको मृत्यु

प्यूठान। प्यूठानमा सडकबाट अन्दाजी ५ सउ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएकाे छ। दुर्घटनामा परी ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हाे।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु पौडेलले मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलि नसकेको जानकारी दिए। साउने संक्रान्ती मानेर फर्कने क्रममा दुर्घटना भएको उनको भनाई छ । उनका अनुसार ट्याक्टरमा सवार एक जना भने बाच्न सफल भएका छन् ।

अहिले नेपाली सेना र नेपाल प्रहरीबाट उद्दार कार्य भइरहेको निरीक्षक पौडेलले वताउनभयो । घटनाको बिस्तृत विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077