Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

जन्मदिनको पार्टी दिने भन्दै बोलाएर बलात्कार

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जन्मदिनको पार्टी दिने बाहानामा साथीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले शुक्रबार रातीे जन्मदिनको पार्टी दिने भन्दै बोलाएर २३ वर्षीया साथीलाई जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ ।

पीडितको जाहेरीका आधारमा शनिबार युवकलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान सुरु गरीएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077