Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पीसीआर परीक्षण : सिंहदरबारमा फालाफाल, कर्णालीमा भोक हड्ताल

    पीसीआर परीक्षण : सिंहदरबारमा फालाफाल, कर्णालीमा भोक हड्ताल

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । सरकारले सिंहदरबारमा काम गर्ने सफाई कर्मचारीहरुको कोरोना परिक्षण गर्ने जनाएको छ । उता सुर्खेतका कोरोना संक्रमितहरूले पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै भोक हडताल सुरु गरेका छन् ।

    प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरु भोक हड्तालमा उत्रिएका हुन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन लागिएको थियो । तर उनीहरुले पुनः पीसीआर विधिबाट परीक्षण गरेर संक्रमण रहे–नरहेको पुष्टि गर्न आग्रह गरेका हुन् ।



    सरकारले कुनै पनि लक्षण नदेखिएका संक्रमितलाई दुई साता आइसोलेसनमा राखेपछि घर पठाउने मापदण्ड बनाएको र सोहि अनुसार घर पठाउन लागेको नगरपालिकाले बताएको छ । यता होम क्यारेन्टीनमा बसेका सिंहदरबारका सफाई कर्मचारीको पीसीआर परिक्षण गर्न सरकार अगाडि बढेको छ ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना संक्रमण पत्ता लगाउन परीक्षण गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    पछिल्लो केहि दिनयता नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन कम हुँदै गएको छ । सरकारले परीक्षणको मात्र कम गरेको भन्दै विभिन्न टिकाटिप्पणी हुन थालेपछि सरकारले त्यसको खण्डन समेत गरेको छ ।

    यस अगाडि सरकारले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने भनेपनि परीक्षणको दायरा बढाउन सकेको छैन । उता १४ दिन आइसोलेसनमा बसेकाहरु परीक्षण नगरि घर पठाउन लागिएको भन्दै भोक हड्तालमा उत्रेका छन् ।

    अन्यत्रबाट आएर आइसोलेसनमा बसेका व्यक्तिहरुमा कुनै लक्षण नदेखिएको भन्दै बिना परीक्षण घर पठाउदा संक्रमण फैलन सक्ने तर्फ सरकारको ध्यान जान सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार