Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड निवासमा पूर्वमाओवादी स्थायी कमिटीका सदस्यहरु छलफलमा

काठमाडौं । प्रचण्ड निवासमा पूर्वमाओवादी स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफल शुरु गरेका हुन्।

प्रचण्डले आइतवार बिहान वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्यहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिरमा महाधिवेशन प्रस्तावमा आफू सहमत नभएको स्पष्टिकरण दिएका थिए। आइतवार नै उनले प्रधानमन्त्री ओलीसँग दुई घण्टा बिताएका थिए।

त्यसपछि लगत्तै सोमवार बिहान खुमलटारमा पूर्व माओवादी पक्षका स्थायी कमिटी सदस्यहरुसँग बैठक बसी छलफलमा जुटेका छन्। बैठकमा जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, हरिबोल गजुरेललगायत सहभागी छन्।

पार्टीको कलह जारी रहँदा ओलीले मंसिरमा नै महाधिवेशनको प्रस्ताव ल्याएपछि नेताहरु महाधिवेशन सम्भव नभएको बताउँदै आएका छन्। नेकपा विवादले स्थायी कमिटी बैठक सरेको सर्‍यै छ। स्थायी कमिटी मंगलवारका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077