Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विप्लव समूहले कैलालीमा राखेको बम सेनाद्धारा निस्क्रिय

    विप्लव समूहले कैलालीमा राखेको बम सेनाद्धारा निस्क्रिय

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.7K
    SHARES

    धनगढी । सरकारद्वारा प्रतिबन्धित नेकपा बिप्लव समुहले कैलालीका चार स्थानमा प्रेस कुकर बम राखेको छ । जसमध्ये तीन स्थानमा राखिएका बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।

    बिप्लव समूहले सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्बाधार विकास मन्त्रालयसंगै अमित मेडिसन डिष्टिव्युटर्सलाई लक्षित गरी राखेका बम सेनाको टोलीले आज बिहान निस्क्रिय पारेको हो ।



    बिप्लव समूहले कैलालीको लम्की चुहा नगरपालिकामा राखेको बम निस्क्रिय पार्न सेनाको टोली घट्नास्थल तर्फ गएको छ ।



    आफ्ना कार्यकर्ता पक्राउ गरेको बिरोधमा आज विप्लव समूहले सुदूर पश्चिम बन्द आह्वान गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको जानकारी दिए।

    विप्लव सेती महाकाली ब्युरोले बिहीबार सार्वजनिक गरेको कार्यक्रम अनुसार साउन ३ गते प्रचारप्रसार गर्ने, ४ गते कोणसभा गर्ने, आज मशाल जुलुस गर्ने र भोली ६ गते सेती महाकाली बन्द र ६ गतेदेखि ८ गतेसम्म सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने उल्लेख गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार