Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • किस्ता र ब्याज ताकेता नगर्न बैंकहरुलाई बिप्लब समुहको चेतावनी

    किस्ता र ब्याज ताकेता नगर्न बैंकहरुलाई बिप्लब समुहको चेतावनी

    अनलाइन नेपाल
  • सोमबार, ५ असोज २०७७
  • 2.8K
    SHARES

    झापा । सरकारद्वारा प्रतिवन्धित नेकपा विप्लव समूहले झापाका स्थानीय तहलाई ३ दिनको अल्टिमेटम दिएको छ।

    विप्लव समूहले स्थानीय सरकारले चरम भ्रष्ट्रचार गरेको आरोप लगाउँदै विज्ञप्ति मार्फत कोरोना संक्रमणको बेला भएको खर्चको विवरण सार्वजनिक गर्न उक्त अल्टिमेटम दिएको हो।



    जिल्ला सेक्रेटरी श्रीजंगको हस्ताक्षर रहेको  विज्ञप्तिमा कोरोनाका नाममा स्थानीय सरकारले चरम भ्रष्ट्रचार गरेको दाबी गरिएको छ ।



    विज्ञप्तिमा निजी शिक्षण संस्थालाई जनप्रतिनिधिले साथ दिएको आरोप लगाइएको छ। विप्लव समूहले बैंक तथा वित्तीय संस्थाहरुले किस्ता र ब्याजको ताकेता गरेरकाले उक्त कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ। जनप्रतिनिधिले जनताको हितमा काम नगरे जनकारवाही गर्ने चेतावनी समेत दिएको छ।

    यसअघी आईतबार मात्र नेकपाका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेकाले सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका थिए ।

    विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत सङ्कटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको निष्कर्ष पनि प्रस्तुत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार