Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विप्लव समूहद्वारा एमसीसीको विरोधमा काठमाडौंमा जनसभा

    विप्लव समूहद्वारा एमसीसीको विरोधमा काठमाडौंमा जनसभा

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंमा विरोधसभा गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै नेकपाले आयोजना गरेको विरोध सभामा आईटी आर्मीले पनि साथ दिएको नेकपाका एक नेताले बताए । उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो ।

    सोमबार भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।



    उनीहरुले ‘एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ’, ‘एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो’, ‘एमसीसीसँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’ लगायतका नारा लगाएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार