Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकारलाई विप्लव समूहको चेतावनी : १० दिनभित्र माग पूरा नभए सरकारले ठूलो मूल्य चुकाउनु पर्छ

    सरकारलाई विप्लव समूहको चेतावनी : १० दिनभित्र माग पूरा नभए सरकारले ठूलो मूल्य चुकाउनु पर्छ

    अनलाइन नेपाल
  • आइतबार, २० असार २०७८
  • 3.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु बालुवाटार पुगेका थिए ।

    भेटका क्रममा नेकपाका नेताहरुले यसअघि भएको ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आइतबारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।



    उनले भेटका क्रममा हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए ।



    उनले भने–‘३ बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं । बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’

    आफूहरुले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै गत फागुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको भन्दै उनले आफूहरुको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ भएको बताए ।

    सो क्रममा प्रधानमन्त्रीले राजनीतिक घटनाक्रमका कारण आफूले समयमा विप्लवको माग सम्बोधन गर्न नसकेको भन्दै अब शंका नगर्न आग्रह गरेको उनले जानकारी गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार