Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चुनावको मुखमा विप्लवका तीन कार्यकर्ता पक्राउ

    चुनावको मुखमा विप्लवका तीन कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 1.1K
    SHARES

    जाजरकोट । स्थानीय तहको निर्वाचन हुन २० दिन मात्रै बाँकी रहेको अवस्थामा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पक्राउ परेका छन्। अपमानजनक व्यवहार कसुर मुद्धामा फरार रहेका उनीहरुलाई जाजरकोट प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भेरी नगरपालिका–१ पिपे निवासी डिलबहादुर राना, कुशे ५ का गोविन्द चन्द र भेरी नगरपालिका ७ पुन्मका दिपेन्द्र सिंह रहेका छन् ।



    राना नेकपा विप्लवको भातृ संगठन युवा संगठनका जिल्ला अध्यक्ष हुन् भने चन्द सोही संगठनका जिल्ला इन्चार्ज हुन्। सिंह अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जाजरकोट संयोजक हुन्।



    उनीहरुमाथि गत फागुन ३० गते जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य व्यवस्थापक टिकाराम जैसीलाई कार्यकक्षमा बसी रहेको अवस्थामा कालोमोसो दली जुत्ताको माला लगाएको आरोप लागेको छ।

    घटना सम्बन्धमा उनीहरुमाथि अपमानजनक व्यवहार सम्बन्धी कसुर मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ। घटनामा संलग्न तीनै जनाहलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर छानवीन भइरहेको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार