Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पोखरामा चन्दा उठाउँदा उठाउँदै बिप्लव समुहका दुई कार्यकर्ता पक्राउ

    पोखरामा चन्दा उठाउँदा उठाउँदै बिप्लव समुहका दुई कार्यकर्ता पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 3.4K
    SHARES

    कास्की। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जबर्जस्ती चन्दा असुलेको आरोपमा सरकारद्वारा प्रतिबन्धित नेकपा बिप्लव समुहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ।

    भदौ ३१ गते पोखरा महानगरपालिका वडा नं.६ हल्लन चोकमा जबर्जस्ती चन्दा असुली गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा  प्रहरी टोलीले रबिन केसी भन्ने ध्वज बहादुर रावत र राम कुमार डाँगीलाई एक लाख नगद , ४ थान मोवाईल सेट ,एउटा बाइक  र चन्दा उठाउन प्रयोग गरिएको नेकपा(बिप्लव समुह) केन्द्रिय समितिको नगदी रसिदसहित पक्राउ गरेको हो।



    पक्राउ परेका रावत उदयपुर त्रियुगा घर भई काठमाडौं तारकेश्वर बस्दै आएको खुलेको छ । उनी विप्लव समुहका अखिल क्रान्तिकारी,काठमाडौं जिल्ला कमिटी सदस्य रहेको खुलेको छ।



    पक्राउ परेका अर्का डाँगी रोल्पा घर भई काठमाडौं गोङगबु बस्दै आएको खुलेको छ।   उनी पनि  विप्लव समुहको अखिल क्रान्तिकारीमा आवद्ध रहेको खुलेको छ।

    पक्राउ परेका दुबै जनाबिरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमालले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार