Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

स्वास्थ्यमन्त्री र ओम्नीका सञ्चालकविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कोरोनाकालमा आर्थिक अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। इनफ इज इनफ अभियानका अभियन्ताहरुले स्वास्थ्य सामग्री खरिदमा चरम अनियमितता भएको भन्दै छानबिनको मागसहित उजुरी दिएका हुन्।

उनीहरुले स्वास्थ्य सामग्री खरिदमा सम्बन्ध देखिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, तत्कालिन स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका प्रमुख महेन्द्र श्रेष्ठ उपरसमेत छानबिनको माग गरेका छन्।

अभियन्ताहरुले आयोगमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह लगायत ओम्नीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुलहरि सिंह भुसाल विरुद्ध समेत उजुरी दिएका हुन्।

इनफ इज इनफका अभियन्ताहरुले स्वास्थ्य मन्त्रालयमा सूचनाको हक प्रयोग गरि कोभिड–१९ व्यवस्थापनमा सो मन्त्रालयले गरेको पूर्ण खर्चको विवरण माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077