Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.९० अङ्कले घटेर ३०३.१४ मा पुगेको छ ।

आज कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रुपैयाँमा खरिद बिक्री भएको थियो । कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077