Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको फैसलाविरुद्ध सरकारी वकिल पुनरावलोकनमा जाने

काठमाडौं । सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर विहीबार रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको हाे ।

महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो । स्रोतका अनुसार सोही निर्णयका आधारमा बिहीबार नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालत जाँदैछन ।

डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई थुनामुक्त गरेको हो। सर्वोच्च अदालतको पत्र प्राप्त भएकाले कोइरालालाई थुनामुक्त गरिएको जेलर गणेश आचार्यले बताए। कोइरालालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। उच्चले पनि जिल्लाको फैसला सदर गरेको थियो। तर सर्वोच्चले कोइरालाको कैद घटाएको थियो। सर्वोच्चले जन्मकैदको मात्र सजाय हुने भन्दै साढे ८ वर्षमा झारेको थियो। सर्वोच्चले सजायमा भारी छुट दिएपछि उनी बिहीबार रिहा भएका हुन्।

सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।

यसअघि जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077