Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कुटपिट पछि मृत्यु भएको चितवन प्रकरणकाे छानविनमा सहयोग गर्छौं : सेना

काठमाडौं । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानविन सुरु गरेको छ ।

सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानविन थालिएको जनाएको हो । यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ ।

साथै, नेपाली सेना, सरकारको कार्यदेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077