Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कारागार अपराधको योजना बनाउने थलो बन्न थाल्यो : सांसद पोखरेल

    कारागार अपराधको योजना बनाउने थलो बन्न थाल्यो : सांसद पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णभक्त पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेका सबै कैदीलाई कारागार मुक्त गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कारागार सम्बन्धी संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव राख्दै सांसद पोखरेलले राज्यले आधा सजाय काटेका कैदीलाई रिहाई गर्नुपर्ने माग गरे।

    अब जेल भर्ने हैन, एउटा निश्चित अवधि पूरा गरेपछि ५० प्रतिशत दण्ड सजाय बेहोर्छ भने सबै प्रकारका अपराधीलाई अब राज्यले एक पटकलाई छुट दिने व्यवस्था गर्नुपर्छ । अहिले संक्रमणकालीन अवस्था छ । यस्तो बेलामा कारागार भरेर राख्ने हैन त्यसमा छुट दिएर जाने प्रबन्ध गर्नुपर्छ ।’ उनले भने ।



    सांसद पोखरेलले नेपालमा रहेका कारागारको धेरै सुधार गर्नुपर्ने आवश्यक्ता देखिएको बताए । अहिलेको कारागार अपराधीलाई सुधारतर्फ भन्दा पनि अपराधको योजना बनाउने स्थलको रुपमा विकास भएको उनको भनाई छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार