Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले सांसद पोखरेल भन्छन् – नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाऔं

    एमाले सांसद पोखरेल भन्छन् – नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाऔं

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 756
    SHARES

    काठमाडौं । नागरिकता विधेयक बारे सर्वदलीय बैठकमा छलफल गर्न नेकपा एमालेले माग गरेको छ ।

    आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सर्वदलीय बैठकमा छलफल गर्न आवश्यक रहेको बताएका हुन् ।



    उनले भने, ‘अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्छ । सबै दलहरूले साझा धारणा गरेपछि अगाडि बढाउँदा राम्रो हुन्छ ।’



    नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन उनले माग गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार