Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ, १९ लाख ९१ हजार रूपैयाँ बरामद

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । स्याङ्जा कालिगण्डकी गाउपालिका वडा नम्बर ५ का ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई १९ लाख ९१ हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

हुण्डी कारोबार गरी राजश्व छली गरिरहेको गोप्य सुचनाको आधारमा काठमाडौंको विभिन्न स्थानमा जाँच गर्दा बिशाल बजारबाट उनलाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुलचोक ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

उनको साथबाट १९ लाख ९१ हजार रुपैयाँसहित एक थान मोबाईल फोन समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077