Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसमा प्रवेश गर्न राप्रपाको थापा समूहले दियो राजीनामा

काठमाडौं ।  पूर्वमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापाको समूहले संयुक्त राजीनामा दिएको छ ।

नेता थापासहित विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले राजीनाले शनिबार संयुक्त रुपमा राजीनामा दिएका हुन् । उनीहरूले राप्रपाका तीन जना नेताहरूलाई पत्र पठाएर राजीनामा दिएको उल्लेख गरिएको छ ।

नेतृत्व पुनः ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र नेतृत्व जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

थापाको नेतृत्वमा राप्रपाका केही नेताहरू कांग्रेसमा प्रवेशको तयारी गरिरहेका छन् । थापाले कांग्रेसमा सह–महामन्त्री र केही केन्द्रीय सदस्य पद माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077