Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेता श्रेष्ठले भने-'न्याय स्थापित गरी दोषीमाथि कारबाही होस्'

काठमाडौँ । सर्वोच्च अदालतबाट हालै भएको कैद छुटको फैसला र चितवनमा सेनाको कुटाइबाट राजकुमार चेपाङको मृत्यु भएको घटनामा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि पोखेका छन् । यद्यपि यसबारे नेकपाको औपचारिक धारणा भने आएको छैन ।

पत्नीहत्याको अपराधमा जेल पठाइएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतबाट गरिएकाे उक्त फैसला न्यायसंगत नरहेकाे उनकाे तर्क छ।

‘के हुँदैछ यस्तो ? न्यायालय र सिंगै राज्य प्रणाली र व्यव स्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिँदैछ ? बास र छाक टार्ने समस्याबाट पीडित गरीब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढ‌ंगले पिटीपिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाइन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामूहिक हत्या किन गरिन्छ ? हद भयो, असह्य भयो’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘न्याय स्थापित होस् र दोषीमाथि कारबाही होस् । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अ‌ंगहरुको लोकतन्त्र अनुरुप पुन:संरचना गरी लोकतन्त्रलाई व्यवहारत: अभ्यास गरौं र विकास गरौं । अन्यथा निराशा, आक्रोश, अनिश्चय र तरलताको परिणाम के होला ? समयमै सबैले सोचौं । परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न ।’

 

https://www.facebook.com/narayankaji.shrestha.33/posts/2677547365836135

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077