Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटिबारे टीका टिप्पणी नगर्न सर्वाेच्चको आग्रह

काठमाडौं । सर्वाेच्च अदालतले न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि विधि र प्रक्रियाअनुसार निरुपण हुने भन्दै त्यस्ता विषयमा टीका टिप्पणी नगर्न आग्रह गरेको छ ।

सोमबार सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय भएका विवादित फैसलामाथि प्रश्न उठाएकामा असन्तुष्टि व्यक्त गरिएको छ ।

‘न्याय सम्पादनका क्रममा हुन सक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासको माध्यमबाट स्थापित गरिएको व्यहोरो विदितै छ’ प्रवक्ता पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्धाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्नसमेत सम्वद्ध सबैमा अनुरोध छ ।’

पत्नी हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाएको फैसला र महाराजगञ्ज हिट एण्ड रन घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेश विवादित भएका छन् ।

यही सन्दर्भमा सर्वोच्चले विज्ञप्ति जारी गरी न्यायपालिकाको काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीका टिप्पणी भएको दावी गरेको हो ।

सर्वाेच्चको विज्ञप्ति यस्तो छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077