Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्राधिकरणले थाल्यो भूकम्पपीडितको उजुरीमा अनलाइन सुनुवाई

    प्राधिकरणले थाल्यो भूकम्पपीडितको उजुरीमा अनलाइन सुनुवाई

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरले भूकम्प पीडितहरुबाट परेका उजुरीहरुको अनलाइन सुनवाई थालेको छ ।

    लामो दूरीका यातायातका साधन नचलेको अवस्थामा उजुरीकर्ताहरुलाई सहज होस् भनेर प्राधिकरण पुनरावेदन समितिले पुनरावलोनका लागि सोमबारबाट अनलाइन सुनवाई थालेको प्राधिकरणले जनाएको छ । सोमबार समितिको तीन सदस्यीय पूर्ण इजलासले नुवाकोटका ५० जना उजुरीकर्तासँग प्रत्यक्ष कुराकानी गरी सुनवाई गरेको छ ।



    जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) नुवाकोटको संयोजनमा ती उजुरीकर्ताले समितिसमक्ष आफ्नो उजुरीको बचाउ गरेका छन् ।



    सुनुवाइको लागि विभिन्न जिल्लाबाट उजुरी दिएका व्यक्ति सिंहदरबार आउन नपरोस् र सुनुवाई पनि सहज होस् भनी प्रविधिको प्रयोग गरी अनलाइनबाट सुनवाई थालेको समिति सदस्य भीष्मराज कडरियाले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार