Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पूर्वमन्त्री सुनिल थापाको समूह कांग्रेसमा प्रवेश, थापा सहमहामन्त्रीको जिम्मेवारीमा रहने

काठमाडौं । पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले थापालाई कांग्रेसमा स्वागत गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर कार्यकर्तासहित कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री थापालाई कांग्रेस सहमहामन्त्री बनाउने सहमति भएको छ।
थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपा एकतासँगै थापालगायत उनको समूह असन्तुष्ट थिए । थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका थिए।

थापासहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नरायणा राउत र ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबै राप्रपाका प्रभावशाली नेता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077