Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लघुवित्तले चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर निष्काशन गर्न नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाइ हकप्रद सेयर निष्कासन गरेर चुक्तापुँजी नबढाउन निर्देशन दिएकाे छ । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गरी लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान नगर्ने उल्लेख गरेको छ ।

मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्तापुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयर जारी गर्न नदिने राष्ट बैंकले जनाएको छ ।

पुँजीकोष पर्याप्तता अनुपात नपुगेको कारण माग गरिएको पुँजीयोजना अनुसार पुँजीकोष पर्याप्तता अनुपात कायम गर्ने प्रयोजनका लागि कल इन एडभासन्समा रकम जम्मा गरेका लघुवित्त वित्तीय संस्थाहरु गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो रकमलाई चुक्ता पुँजीमा गणना गरी पुँजीकोष पर्याप्तता अनुपात कायम गर्न सक्ने गरी स्वीकृति प्रदान गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077