Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपा कार्यालयमा लिखित पत्र दर्ता

    केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपा कार्यालयमा लिखित पत्र दर्ता

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गराएका छन् ।

    जारी स्थायी कमिटी बैठकमा कुनै निष्कर्ष नसकिरहेका बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन् । पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पाछर्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ ।’



    यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ । पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार