Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रञ्जनले भने- मलाई श्रीमतीकाे हत्यामा फसाइएकाे छ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका पूर्वडीआईजी रञ्जन कोइरालाले श्रीमतीकाे हत्यामा अाफूलाइ फसाइएकाे बताएका छन्। उनले ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा
आफ्नी पत्नी गीता ढकालको हत्या आफूले नगरेको दाबी गरेका छन् । पत्नी हत्योको अभियोग आफूले शुरुदेखि नै अस्वीकार गरेको उनले कार्यक्रममा बताए।

शक्तिशाली समूहले आफूलाई फसाएको पूर्वडीआईजी कोइरालाले आरोप लगाएका छन् । उनले आफ्नी प्रेमिका तारा रेग्मी हत्यामा संलग्न नै नरहेको बताएका छन् । ‘प्रेमसम्बन्ध वा सम्बन्ध विच्छेदका लागि पत्नीको हत्या आवश्यक छैन’, कोइरालाले भने, ‘मलाई लगाइएको आरोप दमदार छैन ।’

उनले आफूलाई गीता ढकालका बुबा हरेराम ढकालले फसाएको बताए । उनले भने, ‘मलाई ठूलो डिजाइन गरेर फसाइएको छ । समय आएपछि यी सबै कुराको सत्य कुरा बाहिर आउँछ।’

कोइराला पत्नी हत्यामा साढे ८ वर्ष जेल बसेर हालै छुटेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाशीस चोलेन्द्रशम्शेर राणाको संयुक्त बेञ्चले कोइरालाको आजीवन काराबासको सजायलाई घटाएको थियो । कोइरालाको सजाय घटाएको विरोधमा सडक प्रदर्शनहरू समेत भएका छन् । कोइरालाको सजाय घटाएको विषयमा सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077