Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कुवेतमा नेपालसहित सात देशका नागरिकलाई प्रवेशमा रोक

    कुवेतमा नेपालसहित सात देशका नागरिकलाई प्रवेशमा रोक

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । कुवेतमा नेपालसहित सात देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् ।

    कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ ।



    कुवेतमा करिब साढे तीन महिनासम्म बन्द रहेका अन्तर्राष्ट्रिय हवाई सेवा एक अगष्टदेखि फेरि सुरु हुँदैछ । लकडाउनका कारण कुवेतमा समस्यामा परेका कतिपय नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरेर ल्याएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार