Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

सामाजिक सञ्जालमा अश्लील सामग्री पठाउने पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा अश्लील तस्विर पठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फोटो प्रयोग गरेर नक्कली फेसबुक आईडी बनाई बालिकाकी दिदी एवं आफन्तहरुलाई अश्लील तस्विर पठाउने बिहीबार पक्राउ गरि अदालतमा पेश गरी सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तनुहुँ जिल्लाको भानु नगरपालिका–८ घर भई हाल काठमाडौंको बालाजु बस्ने ३८ वर्षका सविन राज मिश्र रहेका छन् । पक्राउ परेका मिश्र २०७६ मंसिर २४ गते विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा पक्राउ परि जिल्ला अदालत काठमाडौंबाट एक लाख रुपैयाँ धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077