Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हत्या आरोपमा दुईजना पक्राउ

काठमाडौं । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रविकुमार पौडेलका अनुसार बिहीबार पाँचखाल–१० मा भेटिएको धुलिखेल–११, कैदीटोलीका ५४ वर्षीय कामिसिङ तामाङको शवको विषयमा अनुसन्धान गर्ने क्रममा धुलिखेल–११ का २१ वर्षीय सञ्जिव मैनाली र २३ वर्षीयरुपेन्द्रमान लामाको संलगनता देखिएको हो ।

‘घटनास्थलमा फरेन्सिकविज्ञ र कुकुरसहितको टोली परिचालित गरिएको थियो,’ एसपी पौडेलले भने, ‘त्यसक्रममा तामाङको अनुहारसमेत नचिनिने गरी चोटपटक लागेको अवस्थामा शव भेटिएकाले त्यतिबेलै हत्या आशंका गरेका थियौं ।’

अनुसन्धानमा क्रममा मैली र लामासमेतको संलग्नतामा तामाङको हत्या भएको पाइएको पौडेलले बताए । उनका अनुसार मैनालीले आफ्नो पेटीले तामाङको घाटीमा बाँधेर केहीपरसम्म घिसारेर दुवै जनाले ढुंगाले हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077