Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लद्दाखमा चीनसँग क्षती ब्यहोरेको भारतलाई लिपुलेकमा अर्को तनाब

काठमाडौं। चीनले पीपुल्स लिबरेशन आर्मीको एउटा बटालियन नै लिपुलेक नजिकै आफ्नो क्षेत्रमा तैनाथ गरेपछि भारत आत्तिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनले उत्तराखण्डको लिपुलेक नजिकै पीपुल्स लिबरेशन आर्मीको एउटा बटालियन खटाएको हो । चीनले उक्त स्थानमा एक हजार भन्दा बढि सिपाही तैनाथ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तविक नियन्त्रण रेखा (एलएसी) मा केही हप्तामा चिनियाँ सेनाहरू अघि बढेको देखिन्छ।

यसअघि भारत र चिनियाँ सेनाबीच मेको पहिलो हप्ता पूर्वी लद्दाखमा भीडन्त हुँदा २० जना भारतीय सेनाको मृत्‍यु भएको थियो।

नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले एकाएक सो क्षेत्रमा सैन्य गतिविधि बढाएको भन्दै भारतीय सञ्चारमाध्यमले समाचार  लेखेका छन्।

सीमा समस्या सुल्झाउन नेपालले गरेको आग्रहलाई बेवास्ता गरेको भारतले  सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ ।

नेपालले लिपुलेकसहितका भु-भागलाई आफ्नो नक्सामा समेटेर संबिधान संसोधन समेत गरिसकेको छ।

नेपाल-भारत सीमा बिबाद चलिरहेको यही समयमा चीनले उक्त क्षेत्र नजिकैको आफ्नो क्षेत्रमा सुरक्षाफौज तैनाथ गरेको हो ।

भारतले नेपाली भूमि अतिक्रमण गरेपछि कालापानी नजिकै नेपालले पनि सशस्त्र प्रहरी पनि तैनाथ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077