Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आरडीटी परीक्षण बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोष्टि टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा आरडीटी परीक्षण नगर्ने निर्णय भएको बताए ।

डा गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले सबै प्रदेश, स्थानीयत तह र सबै अस्पतालहरुलाई जानकारी गराइएको पनि जानकारी दिए ।उनले भने, ‘साउन १४ गतेको निर्णय अनुसार कोभिड १९ को निदानका लागि आरडीटी परीक्षण नगर्नका लागि सम्पूर्ण प्रदेश, स्थानीयत तह तथा अस्पतालहरुलाई पूर्ण जानकारी गराइएको छ ।’

डा गौतमले देशका विभिन्न अस्पतालहरुमा आकस्मिक सेवासहित अन्य सेवाहरु बन्द भएको गुनासो आएकाले अस्पतालहरुले यथोचित व्यवस्थापन गरी अस्पताल संचालन गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077