Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्से ४३ अङ्कले घट्याे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४२.७८ अङ्कले घटेर एक हजार ३९६.७८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.१९ ले घटेर २९२.७७ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूूल १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता शेयर रु एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४१.४८, व्यापार १६.७, होटल ७१.४३, विकास बैंक ५४.४, जलविद्युत् १४.४१, वित्त १४.२५, निर्जीवन बीमा २३१.६६, उत्पादन ६६.६२, अन्य १२.२६, लघुवित्त ७४.७७, जीवन बीमा २८३ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।

कारोवारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु २२ करोड ६५ लाख १७ हजार ७५ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ५६ लाख ८२ हजार ५४३, एनएमबी बैंक रु आठ करोड ४१ लाख ७२ हजार ८६५, हिमालयन डिस्टिलरी रु सात करोड ३५ लाख १२ हजार २५६, एनआइसी एशिया बैंक रु छ करोड ९९ लाख २६ हजार ३५०, र शिखर इन्स्योरेन्स कम्पनीको रु छ करोड ४१ लाख चार हजार १५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज चौतारी लघुवित्त ९.९८, अजोड इन्स्योरेन्स ९.९७, नेपाल फाइनान्स ९.६३, छ्याङदी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए । त्यस्तै, जोशी हाइड्रो पावर ९.७२, ओरियन्टल होटल ७.८८, हिमालन ऊर्जा ७.८४, खानीखोला हाइड्रोपावर ७.२७, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ६.४९ प्रतिशतले कमाए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077