Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ बस्दैछ । अहिले केहीबेरमा बस्ने आजको बैठक नियमित भएपनि कोरोना भाइरस संक्रमणका विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती मन्त्रीको भनाइ छ ।

यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077