Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

कम्पनी दर्ता गरी दिन्छु भन्दै १० लाख ठग्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौं। अमेरिकामा कम्पनी दर्ता गरिदिने प्रलोभन देखाई १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने अमेरिकी नागरिक नर्थ लसभेगास स्थायी ठेगाना भएका डेनियल लि म्यागी रहेका छन्। महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको क्षेत्रपाटीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

भक्तपुर सुर्यबिनायक नगरपालिका–६ का टुकनारायण श्रेष्ठको कोटेश्वरस्थित एटलस सेक्युरिटी प्रा.लि.लाई अमेरिकामा दर्ता गरी साझेदार बनाउने भन्दै डेनियलले १० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

ती अमेरिकी नागरिकले सुजन थापा र सन्दीप कार्कीलाई बिजनेस भिसामा अमेरिका लगिदिने भन्दै प्रत्येकबाट ५–५ लाख रुपैयाँ समेत ठगी गर्न लागेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077