Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

लाखौं चोरीको घटनामा संलग्न २ जना पक्राउ

काठमाडौं । रौतहटको पश्चिमी भेगमा लामो समयदेखि संगठित रुपमा चोरीको घटनामा संलग्न गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फतुुवा विजयपुर ९ का रुपनारायण चौधरीका छोरा ३० वर्षीय अरुण चौधरी र सोही ठाँउका रामवृक्ष चौधरीको छोरा २२ वर्षीय सञ्जयकुमार चौधरी ईलाका प्रहरी कार्यालय विजयपुरको टोलीले पक्राउ गरेको हो ।

उनीहरुमाथि सिंगो ट्याक्टरदेखि पसलको सटर फोडेर लाखौंको सामान चोरी गरेको आरोप लागेको छ । सञ्जयकुमार चौधरी र अरुण चौधरीमाथि चोरी तथा डाका कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट १० दिनको म्याद समेत थमाइसकिएको इन्स्पेक्टर चन्द्रकिशोर साहले जानकारी दिएका छन् ।

उनीहरुले असार ६ गते राती विजयपुर बजारमा रहेको मुकेश एलेक्टेनिक्स पसलको सटरको ताला फोडेर विभिन्न कम्पनीको मोबाईल, एलसिडि टिभी तथा नगद गरी ४ लाख ३५ हजार बराबरको धनमाल चारेर लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077