Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पोल्याण्ड पठाइदिने भन्दै १७ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले १७ लाख रुपैयाँ ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ । रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने चितवनकी कमला कुमारी थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवनमा लुकिछिपी बस्दै आएकी उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। रकम लिएर सम्पर्क विहीन भएको भन्दै लक्ष्मी देवकोटाले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। थापालाई चितवनबाट थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077