Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लगानी बोर्डको सिईओमा सुशील भट्टलाई नियुक्त गर्ने सरकारको निर्णय

    लगानी बोर्डको सिईओमा सुशील भट्टलाई नियुक्त गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 5.4K
    SHARES

    काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

    राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले व्यवस्थापन, बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ।



    लगानी बोर्डको सीईओ लामो समयदेखि रिक्त थियो। अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो। यी तीनबाट मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार