Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • लागुऔषधसहित एकजना पक्राउ

    लागुऔषधसहित एकजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    दार्चुला । जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । दार्चुला सदरमुकाम खलङ्गास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सोमबार सञ्चालनमा आएपछि महाकाली नगरपालिका–४ का ३५ वर्षीय राजेश निरौला पक्राउ परेका हुन् ।

    पुल खुला भएका समयमा भारतको धार्चुलाबाट लागुऔषध लिएर आएका निरौलालाई जाँचका क्रममा पक्राउ गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । धार्चुलामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक नेपालीको दाहसंस्कारमा सहभागी हुन पुल सञ्चालनमा ल्याइएको थियो । पुल खुलेसँगै दार्चुला र धार्चुलाबाट स्थानीयवासीको पुलमा आवतजावत बढेको थियो ।



    यसैबीच प्रहरीले नेत्रविकम चन्द समूहका नेता विष्णुराज लेखकलाई पक्राउ गरेको छ । यही साउन ८ गते शैल्यशिखर नगरपालिका–९ का वडाध्यक्ष रामधनी विष्ट सवार मोटरसाइकल आगजनीमा संलग्न रहेको अभियोग उहाँमाथि लगाइएको छ । यसअघि प्रहरीले सो घटनामा संलग्न रहेको अभियोगमा शैल्यशिखर–२ रतौडा घर भएका चन्द समूहका जिल्ला कमिटी सदस्य प्रताप वड, चक्रमान विक तथा शैल्यशिखर–३ लुइटाका धनीराम लावडलाई पक्राउ गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार