Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

स्रोत नखुलेको १६ लाखसहित एकजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित कपिलवस्तुबाट एक जनालाई पक्राउ गरेको छ ।

एपीएफ नेपालको टोलीले कपिलवस्तुको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट स्रोत नखुलेको १६ लाख नगद रुपैयाँ सहित मायादेवी गाँउपालिका–१ बस्ने बिनोद सोनारलाई पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका सोनारलाई जाँच गर्दा उनको साथमा रकम फेला परेको र उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रले पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077