Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चिशंखुगढी गाउँपालिका–१ ठुलीबेसीका १९ वर्षीय लोकराज अधिकारीलाई पक्राउ गरेको हो । सोमबार साँझ ती बालिकालाई चकलेट दिन्छु भन्दै प्रलोभनमा पारी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077